बलात्कारको मुद्दा गाउँमै मिलाएको आरोपमा ६ जना पक्राउ

बझाङ : जिल्लाको मष्टा खिकालामा गत साउन १९ गते भएको जबरजस्ती करणीको मुद्दा गाउँमै मिलोमतो गरेर घटना ढाकछोप गरेको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, धमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेका छन् ।

याे पनि पढ्नुस  बझाङको थली जिउलोमा १५ बर्षपछि हिउँ (तस्बिरसहित)

उनीहरूलाई सोमबार पक्राउ गरेर अनुसन्धानअगाडि बढाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्