कप्तान कोहलीले बनाए नयाँ कीर्तिमान

काठमाडौं : रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी-२० क्रिकेटमा ९ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

आज यूएईमा जारी आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध १० रन बनाएसँगै विराटले यो उपलब्धि हासिल गरे । उनी अब भारतका लागि टी-२० मा ९ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

याे पनि पढ्नुस  रोहित शर्माले बनाए नयाँ कीर्तिमान, तोडियो विराटको रेकर्ड

यो रन उनको आईपीएलसहित लिग र अन्तर्राष्ट्रिय म्याचको हो ।

हालसम्म टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान भने क्रिस गेलको नाममा छ । उनले अहिलेसम्म १३ हजार २ सय ९६ रन बनाएका छन् ।

त्यस्तै, यो सूचीको दोस्रो स्थानमा किरण पोलार्डको नाम आउँछ । उनले हालसम्म टी-२० मा १० हजार ३७० रन बनाएका छन् ।

याे पनि पढ्नुस  आइसीसी टेस्ट वरियताः विराटलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिए स्मिथ

त्यस्तै, सोयब मलिक (९९२६), ब्रेण्डन म्याक्लम (९९२२), डेविड वार्नर (९४५१) र आरोन फिन्च (९१४८) क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौँ स्थानमा छन् । विराटले हालसम्म टी-२० मा ५ शतक र ६५ अर्धशतक बनाएका छन् ।

कमेन्ट गर्नुहोस्