आरसीबीविरुद्ध दिल्ली क्यापिटल्सको शानदार जित

काठमाडौं : यूएईमा जारी आईपीएलको १९ औँ म्याचमा दिल्ली क्यापिटल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ५९ रनले पराजित भएको छ ।

दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान विराट कोहलीले ४३, वासिङ्टन सुन्दरले १७, आरोन फिन्चले १३, मोइन अलि र शिवम दुबेले ११/११ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएलमा आरसीबीविरुद्ध पञ्जाब ८ विकेटले विजयी

बलिङमा कागिसो रबाडाले ४, एनरिक नोर्खियाले ३, अक्क्षर पटेलले २ र रविचन्द्रन आश्विानले एक विकेट लिए ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

उसका लागि मार्कस स्टोइनिसले अविजित ५३ रन बनाए । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।

त्यस्तै, पृथ्वी शाले ४२, ऋषभ पन्तले ३७, शिखर धवनले ३२, कप्तान श्रेयस अय्यर र शिमरोन हेटमायरले ११/११ रन बनाए ।

याे पनि पढ्नुस  भुवनेश्वर कुमारले आईपीएलका बाँकी खेल गुमाउने

बलिङमा आरसीबीका मोहम्मद सिराजले २, इशरू उडाना र मोइन अलिले एक/एक विकेट लिए । पहिलो इनिङ्समा आज १८ चौका र ७ छक्का प्रहार भएका छन् ।

आरसीबीविरुद्ध पनि सन्दीपले पाएनन् मौका

आरसीबीविरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भए ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा

आज पनि दिल्लीले विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, कागिसो रबाडा र एनरिक नोर्कियाले मौका दियाे ।

स्पिनर अमित मिश्रा घाइते भएकाले आज सन्दीपले मौका पाउने अनुमान गरिए पनि दिल्लीले उनलाई प्लेइङ-११ मा समेटेन । योसहित जारी सिजनमा सन्दीपले लगातार पाँचौ पटक प्लेइङ-११ मा मौका नपाएका हुन् ।

कमेन्ट गर्नुहोस्