बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ

कैलाली । बझाङमा बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १४ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए।

याे पनि पढ्नुस  ४० वर्षीया महिलालाई बलात्कार आरोपमा अहेब पक्राउ

सिंहका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर ५०० रूपैयाँ जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा संलग्न भनिएको यो घटना गाउँमै गुपचुप पारिएको थियो।

कमेन्ट गर्नुहोस्