काठमाडौंः मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला ९४ हजार १ सय रूपैयाँमा कोरोबार भएको सुन मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । सोमबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार प्रतितोला ८ सयले बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १२०० पुगेको छ जुन हिजो प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको थियो ।