ओमान जान एनओसी नचाहिने

काठमाडौंः ओमानबाट बिदामा आएर जान नपाएकालाई पुनः जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ ।

ओमानस्थित नेपाली दूतावासले सूचना जारी गर्दै ओमानले यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेशका लागि एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जनाएको छ ।

याे पनि पढ्नुस  मलेशियामा ज्यान गुमाएका १३ नेपालीलाई दूतावासको सभाहल बाट सम्झना

दूतावासका अनुसार ओमान सरकारको पछिल्लो निर्णयअनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्