प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित

काठमाडौंः प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।

प्रदेशको नाम लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रदेश ५ को प्रदेश सभामा कांग्रेस सांसदको कुर्सी फोडाफोड (भिडियो)

स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ ।

प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुबाङसहितको देउखुरी उपत्यका र नाम लुम्विनी राख्न प्रदेश सभामा प्रस्ताव गरेको थियो ।

याे पनि पढ्नुस  प्रदेश सभामा तोडफोडपछि प्रदेश ५ को बैठक स्थगित

प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थियो ।

कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित मतदान गरे । कांग्रेसका १९ सांसदमध्ये विपक्षमा १३ मत मात्र खस्यो ।

याे पनि पढ्नुस  नयाँशक्ति पार्टीकाे संघीय परिषद बैठक लुम्बिनीमा शुरु

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।

कमेन्ट गर्नुहोस्