आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप १५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको परीक्षण गर्दा १५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

याे पनि पढ्नुस  रूसमा कोरोनाको कारण करिब ५०० चिकित्सकको मृत्यु

मंगलबार काठमाडौं उपत्यकामा १०१७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित थपिए ।

मंगलबार २३४० जना डिस्चार्ज भए । हालसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । आज देशभर सक्रिय संक्रमित संख्या २२ हजार ७०९ छ ।

याे पनि पढ्नुस  हङकङमा फेरि तीव्र गतिमा फैलिँदै कोरोना

मंगलबार थप ९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।

मंगलबार ५७ जिल्लामा संक्रमित थपिएका छन् ।

कमेन्ट गर्नुहोस्