पाल्पा: माथागढी गाउँपालिका-५, सुर्काबाँसमा अवैध भरुवा बन्दुक भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी माथाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा सुर्काबाँसमा एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
सो बन्दुक कसले कहिले फालेको हो भनी खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।