पेस्तोल देखाएर आतंक मच्चाउने २ युवक पक्राउ

काठमाडौंः पेस्तोल देखाएर आतंक मच्चाउने रूपन्देहीका २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-९ का २१ वर्षीय राजकुमार हरिजन र पेस्तोल लुकाउन सहयोग गर्ने मायादेवी गाउँपालिका-४ गुण्डीढालाका ३९ वर्षीय सदानन्द सहानी पक्राउ गरेको हो । हरिजनललाई उनकै घरबाट पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  चितवनमा लागुऔषधसहित दुई पक्राउ

हरिजनको बयानको आधारमा सहानीले सञ्चालन गरेको नास्ता पसलभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद भएपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मंगलबार सहानीको खाजाघर तलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल फेला परेको हो ।

याे पनि पढ्नुस  नागढुङ्गाबाट पेटीमा बाँधेको सुनसहित एक जना पक्राउ

हरिजनले कोटहीमाई गाउँपालिका-२ गुलरियाका स्थानीयलाई पेस्तोल देखाउँदै आतंक मच्चाएको खबर सोमबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्