राजस्थानविरुद्ध ब्याटिङ गर्दै मुम्बई, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सविरुद्ध मुम्बई इण्डियन्सले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ । मुम्बईले आज अघिल्लो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।

राजस्थानले भने आज टिममा तीन खेलाडी परिवर्तन गरेको छ । उसले रोबिन उथप्पा, जयदेव उनादकट र रियान परागलाई विश्राम दिएको छ । उनीहरूको स्थानमा राजस्थानले कार्तिक त्यागी, एयस्वी जैसवाल र अंकित राजपूतलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा मुम्बईलाई १६३ रनको लक्ष्य

जारी सिजनमा मुम्बईले पाँच म्याच खेल्दा २ मा हार र तीन खेलमा जित हासिल गरेको छ । यता राजस्थानले चार म्याचमा समान दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

राजस्थानको सम्भावित प्लेइङ-११ : जोस बटलर, स्टिभ स्मिथ (कप्तान), सञ्जु सामसन, एयस्वी जैसवाल, राहुल तेटटिया, महिपाल लोमर, अंकित राजपूत, टम कुरान, जोफ्रा आर्चर, श्रेयस गोपाल र कार्तिक त्यागी ।

याे पनि पढ्नुस  आईपीएल : दिल्ली र पञ्जाबको म्याच आज, सन्दीपको सम्भावना कति?

मुम्बईको सम्भावित प्लेइङ-११ : क्विन्टन डीकक, रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, इशान किशन, हार्दिक पांड्या, किरोन पोलार्ड, कुणाल पांड्या, जेम्स प्याटिन्सन, ट्रेन्ट बोल्ट, राहुल चहर र जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्