धादिङमा ट्रक दुर्घटना: २ जनाको मृत्यु, १ गम्भीर घाइते

धादिङः नेत्रावती डबजोङ गाउँपालिका-५ स्थित बेतिनीमा मंगलबार दिउँसो ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। १ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका-४ का ४० वर्षीय बेगबहादुर तामाङ र दल बहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिएका छन्।

याे पनि पढ्नुस  अमेरिकामा तालमा डुबेर काठमाडौंकी युवतीको मृत्यु

बेग बहादुर सोही ट्रकका चालक हुन्। मंगलबार बिहान सामान लिएर नेत्रावती डबजोङ लपाङबाट कोल्चेत जाँदै गरेको बा५ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिब ४ सय मिटर तल खसेको स्थानीयले बताएका छन्।

घाइतेहरुलाई उपचारका लागि धादिङ अस्पताल धादिङबेंसी ल्याइएको छ। गम्भीर घाइते रामबहादुर तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने अरु २ को उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए।

कमेन्ट गर्नुहोस्