मुम्बईले दियो राजस्थानलाई १९४ रनको लक्ष्य

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)को २० औँ म्याचमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

हालसम्म यो मैदानमा १९४ लक्ष्य पछ्याउने टिमले जित हासिल गर्न सकेको छैन । यदि आज राजस्थानले यो लक्ष्य पूरा गरे नयाँ कीर्तिमान बनाउने छ ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा मुम्बईलाई १६३ रनको लक्ष्य

मुम्बईका लागि आज सूर्यकुमार यादवले ४७ बलमा अविजित ७९, कप्तान रोहित शर्माले ३५, क्विन्टन डीककले २३, हार्दिक पाण्ड्याले नटआउट ३० रन बनाए ।

बलिङमा राजस्थान रोयल्सका श्रेयस गोपालले २, जाेफ्रा आर्चर र कार्तिक त्यागीले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्