कुवेतका प्रधानमन्त्रीले दिए राजीनामा

कुवेत सिटी : कुवेतका प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको कुवेती सरकारले राजीनामा दिएको छ ।

प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले मंगलबार कुवेतका अमिर नवाफ अल अहमद अल जाबेर समक्ष राजीनामा बुझाएका हुन् ।

आगामी नोभेम्बरमा आम चुनाव हुन लागेकाले वर्तमान सरकारले राजिनामा दिएको राज्य नियन्त्रित समाचार संस्था कुवेत न्यूज एजेन्सीले जनाएको छ ।

याे पनि पढ्नुस  कुवेतमा भिसा नवीकरण गर्दा नेपाली र बाङ्लादेशि नागरिकलाई फिङर प्रिन्ट अनिवार्य

कुवेती अमिरले प्रधानमन्त्री र उनको सरकारले आफ्ना दायित्व अत्यन्त प्रभावकारी रुपमा सम्पन्न गरेको जनाउँदै संविधान बमोजिम आगामी निर्वाचन गराउने दायित्व पनि यही सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे ।

कुवेतमा आगामी नोभेम्बर महिनाको अन्त्यमा आम निर्वाचन हुँदैछ ।

कमेन्ट गर्नुहोस्