नयाँ खुलासाः छालामा ९ घण्टासम्म बाँच्न सक्छ कोरोना, हातको सरसफाई जरुरी

काठमाडौं । कोरोना भाइरसका बारेमा नयाँ तथ्य खुलासा भएको छ । एउटा नयाँ अनुसन्धानले कोरोना भाइरस मानिसको छालामा नौ घण्टासम्म बाँच्न सक्ने बताएको हो ।

अध्ययनमा कोरोना संक्रमणको मुख्य कारण एरोसोल र ड्रपलेट्स हुने समेत पत्ता लागेको छ । यो भनेको मानिसको श्वास फेर्दा या बोल्दा निस्किने अत्यन्तै सूक्ष्म कणहरु हुन ।

क्लिनिकल इन्फेक्सियस डिजिजमा प्रकाशित यो अध्ययनले कोरोनाबाट जोगिन हात धुनु नै सबैभन्दा सही तरिका बताएको छ ।

घातक भाइरस पनि मानिसको छालामा २ घण्टा भन्दा बढी बाँच्न सक्दैन तर कोरोना भने ९ घण्टा भन्दा बढी समयसम्म छालामा बाँच्न सक्ने बताइएको छ ।

शोधकर्ताहरुले ८० प्रतिशत मात्रा हुने एल्कोहल भएको सेनिटाइरले १४ सेकेण्डभित्रै सबै किसिमका भाइरसलाई स्क्निबाट गायब गर्न सक्ने बताए । अमेरिकाको रोग नियन्त्रण विभाग सिडिसीले पनि
एल्कोहल भएको सेनेटाइजरले हात धुने कुराको सल्लाह दिएको छ । सेनेटाइजर या साुबनबाट २० सेकेण्डसम्म हात धुँदा कोरोनाको खतरा निकै कम हुन्छ ।

यसैगरी अनुसन्धानमा लगातार मास्क लगाउँदा शरीरमा अक्सिजनको कमी भने नहुने खुलासा भएको छ । लगाउँदाखेरि अप्ठ्यारो लागेपनि फोक्सोसम्म हावा पुग्ने कुरामा भने यो मास्कले कुनै बाधा गर्दैन ।

कमेन्ट गर्नुहोस्