झापाका जिसस प्रमुख पोर्तेललाई कोरोना संक्रमण पुष्टि

झापाः जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिसस प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब दिएका थिए । त्यसको रिपोर्ट आज बिहान पोजेटिभ आएको हो ।

विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा सहभागी भइरहने जिसस प्रमुख पोर्तेलले स्वास्थ्यको ख्याल गदै पीसीआर परीक्षण गराएका थिए । उनले सामाजिक संञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  २ लाख ५० हजार कोरोना संक्रमित निको भए, कुन देशमा कति? (सूचीसहित)

आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उनले बताए । संक्रमणपछि उनी होम आइसोलेसनमा बसेका छन् । उनलाई कुनै लक्षण भने देखिएको छैन ।

कमेन्ट गर्नुहोस्