आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा थप ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ हजार २०९ जनाको परीक्षण गर्दा ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

याे पनि पढ्नुस  चीनद्वारा नेपाललाई ४० हजार पीसीआर किट हस्तान्तरण

बुधबार काठमाडौं उपत्यकामा १६८४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित थपिए ।

बुधबार देशभर र काठमाडौं उपत्यकामा हालसम्मकै बढी संक्रमित भेटिएका हुन् । यसअघि देशभर असोज १६ गते शुक्रबार २७२२ जना थपिएका थिए भने उपत्यकामा सोही दिन १६३८ जना संक्रमित थपिएका थिए ।

याे पनि पढ्नुस  कोरोना कहर : मृत्यु हुनेमा मेक्सिको उक्लियो चौथो स्थानमा

बुधबार ११२७ जना डिस्चार्ज भए । हालसम्म निको हुनेको संख्या ६८ हजार ६६८पुगेको छ । आज देशभर सक्रिय संक्रमित संख्या २५ हजार ७ छ ।

पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

याे पनि पढ्नुस  थप २ जनाले जिते कोरोना

आज ६५ जिल्लामा संक्रमित देखिएका छन् ।

 

कमेन्ट गर्नुहोस्