आईपीएल : केकेआरले दियो चेन्नईलाई १६८ रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को २१ औँ म्याचमा कोलकाता नाइट राइडर्स (केकेआर)ले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ६७ रन बनायो ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा

उसका लागि राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गरे । उनले ५१ बलमा ८ चौका र २ छक्कासहित ८१ रन बनाए । जारी सिजनमा त्रिपाठीको यो पहिलो अर्धशतक हो ।

त्यस्तै, सुनिल नारायणले १७, कप्तान दिनेश कार्तिकले १२, सुभमन गिलले ११, प्याट किमन्सले अविजित १७ रनको योगदान दिए ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा राजस्थानलाई १ सय ८५ रनको लक्ष्य

बलिङमा सीएसकेका डिजे ब्रावोले ३, कर्ण शर्मा, साम कुरान र शार्दुल ठाकुरले २/२ विकेट लिए ।

कमेन्ट गर्नुहोस्