भारतमा पूर्वसीबीआई निर्देशकले गरे आत्महत्या

नयाँदिल्ली : भारतको नागल्याण्डका पूर्वराज्यपाल आश्वनी कुमारले आत्महत्या गरेका छन् । पूर्वसीबीआई निर्देशकसमेत रहेका आश्वनीको शव राजधानी शिमलास्थित निवासमा बुधबार झुण्डिएको अवस्थामा फेला परेको हो ।

७० वर्षीय आश्वनीकुमारको शव प्रहरीले कब्जामा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गरेको छ । सुसाइड नोटमा उनले जीवन थकित भएपछि अर्को यात्रा तय गरेको लेखेका छन् । प्रहरीले घटनाबारे गम्भीर रूपमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

याे पनि पढ्नुस  प्रेमिकाले राखी लगाउँदा प्रेमीले आत्महत्या प्रयास गरेपछि...

अश्वनीकुमारको जन्म सिरमौर जिल्लाको सदरमुकाम नाहनमा भएको थियो । उनी सन् २००६ देखि २००८ सम्म हिमाञ्चलको पुलिस महानिर्देशक (डीजीपी) को जिम्मेवारीमा समेत रहेका थिए । त्यस्तै सन् २००८ देखि २०१० का बीचमा सीबीआईका निर्देशकसमेत भएका थिए ।

कमेन्ट गर्नुहोस्