झिनो रन अन्तरले चेन्नई पराजित, केकेआर उक्लियो तेस्रो स्थानमा

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) १० रनले पराजित भएको छ ।

केकेआरले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको सीएसकेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

उसका लागि शेन वाट्सनले ५०, अम्बाती रायडूले ३०, रवीन्द्र जडेजाले अविजित २१, फाफ डुप्लेसिस र साम कुरानले १७/१७ रन बनाए ।

याे पनि पढ्नुस  राजस्थानविरुद्ध पनि सन्दीपले पाएनन् मौका

बलिङमा केकेआरका शिवम् मावी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी, सुनिल नारायण र आन्द्रे रसेलले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि राहुल त्रिपाठीले उत्कृष्ट ब्याटिङ गरे । उनले ५१ बलमा ८ चौका र २ छक्कासहित ८१ रन बनाए । जारी सिजनमा त्रिपाठीको यो पहिलो अर्धशतक हो ।

याे पनि पढ्नुस  आरसीबीविरुद्ध दिल्ली क्यापिटल्सको शानदार जित

त्यस्तै, सुनिल नारायणले १७, कप्तान दिनेश कार्तिकले १२, सुभमन गिलले ११, प्याट किमन्सले अविजित १७ रनको योगदान दिए ।

बलिङमा सीएसकेका डिजे ब्रावोले ३, कर्ण शर्मा, साम कुरान र शार्दुल ठाकुरले २/२ विकेट लिए ।

आजको जितसँगै केकेआर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सीएसके भने तालिकाको पाँचौ स्थानमा छ ।

याे पनि पढ्नुस  आईपीएलमा रबाडाले रचे इतिहास, एकै म्याचमा बनाए ३ कीर्तिमान

उसले ६ म्याच खेल्दा २ खेलमा मात्र जित हासिल गरेको छ । केकेआरले भने ५ म्याचमा तीन खेलमा जित हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस्