जो बाइडेनद्वारा ट्रम्पसँग टिभी बहस नगर्ने घोषणा

एजेन्सी, असोज २१ । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार जो बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पसँग अर्को चरणको टेलिभिजन बहस नगर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पलाई कोरोना निको भएको दावी गरिएपनि शंका कायमै रहेकोले दोश्रो बहस गर्न नहुने उनको जिकिर छ।

“मेरो विचारमा ट्रम्पमा भाइरस भए हामीले बहस गर्नु हुँदैन । कडाईका साथ दिशानिर्देशनको पालना गर्नुपर्दछ । धेरै मानिस संक्रमित भएकाले यो एक निकै गम्भीर समस्या हो ।’

याे पनि पढ्नुस  ट्रम्प र जो बाइडेनबीच इतिहासकै ‘खराब’ टिभी बहस

आगामी बहस फ्लोरिडाको मियामीमा यही १५ अक्टोबरका लागि तय गरिएको छ ।

१ अक्टोबर विहीबार गरिएको परीक्षणमा ट्रम्पमा संक्रमण पोजिटिभ देखिएको थियो । त्यसपछि उनको अमेरिकी सैन्य अस्पतालमा उपचार गरिएको थियो । ६ अक्टोबरमा गरिएको अर्को परीक्षणमा नेगेटिभ देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन ।

याे पनि पढ्नुस  ट्रम्प र जो बाइडेनबीच इतिहासकै ‘खराब’ टिभी बहस

अमेरिकी सार्वजनिक स्वास्थ्य निर्देशन अनुसार पनि लक्षण देखिएको दिनबाट अरु दश दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

तर ट्रम्प दोस्रो टिभी बहसमा लागि तयार रहेको उहाँका सल्लाहकार जेना एलिसले जानकारी दिएका छन् ।

गत हप्ता गरिएको टिभी बहसलाई इतिहासकै खराब बहसका रुपमा लिइएको छ । बहसमा ट्रम्प र बाइडेन एकापसमा झगडाको स्तरमै ओर्लिएका थिए ।

याे पनि पढ्नुस  ट्रम्प र जो बाइडेनबीच इतिहासकै ‘खराब’ टिभी बहस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किएका छन् ।

उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोडेका छन् ।

कमेन्ट गर्नुहोस्