फेरि घट्यो सुनको मूल्य

काठमाडौंः बिहिबार सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कारोबार भएको थियो ।

याे पनि पढ्नुस  मंसिर १ गते कतिमा कारोबार हुँदैछ सुनचाँदी?

आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्