पाँच दशकपछि अमरकोशको दोस्रो संस्करण प्रकाशित

काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक महत्वको ग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशन गरेको छ ।

विद्वद्वरामरसिंहविररचितः ‘अमरकोशः’ ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशन भएको हो । सो ग्रन्थको प्रथम संस्करण साहित्यकार बालकृष्ण सम प्रतिष्ठानमा उपकुलपति भएका बेला विसं २०२६ मा प्रकाशन भएको थियो ।

याे पनि पढ्नुस  अब सातै प्रदेशमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले महत्त्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनः प्रकाशन गर्ने नीतिअनुसार पं कुलचन्द्र शर्मा गौतम टीकाकार रहेको ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशनमा ल्याइएको जानकारी दिए । उनले यस ग्रन्थबाट भाषा र कोशविज्ञानका अनुसन्धाताका साथै अन्य विषयका अध्येतासमेत लाभान्वित हुने बताए ।

याे पनि पढ्नुस  अब सातै प्रदेशमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन

जम्मा ६८८ पृष्ठको ‘अमरकोशः’को मूल्य रु ७८० छ । प्रतिष्ठानले आफ्ना कृतिहरु सातै प्रदेशमा बिक्रीवितरणका लागि मकालु प्रकाशनलाई अख्तियारी दिएको छ ।

कमेन्ट गर्नुहोस्