१३१ किलो गाँजा बरामद

वीरगंजः पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरियाबाट प्रहरीले बिहीबार बिहान ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ देउरिया टोल निवासी ४० वर्षीय राज ओझैयाको घरमा खनतलासी गर्दा एक सय ३१ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले बताए ।

याे पनि पढ्नुस  कम्युनिष्ट गुरिल्लाहरुको अन्त्यसँगै गाँजा उद्योगमा कोलम्बियाको फड्को

घरमा गाँजा लुकाएर राखेका औझैयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको पर्सा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्