जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममा २ हजार बेरोजगार सूचीकृत

जुम्लाः प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाको हिमा गाउँपालिकामा २ हजार १६५ बेरोजगार सूचीकृत भएका छन् ।

आर्थिक वर्ष २०७७र०७८ का लागि हिमा गाउँपालिकामा यी व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका हुन् ।

सरकारले २०७७ साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको पालिकाको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

याे पनि पढ्नुस  दुई लाखलाई सय दिनको रोजगारी दिँदै सरकार

तोकिएको समयावधिभित्र फाराम भरेका २ हजार ८७६ बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका २ हजार १६५ जना व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए ।

सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री रोजगार कार्यक्रमः वेरोजगारलाई रोजगारी दिन २ अर्ब निकासा

एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

यसवर्ष विश्व बैंकसँगको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामूदायिक आयोजनाबाट देशभर झण्डै ५ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्