बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

जनकपुरः बोक्सीको आरोपमा सिरहामा १ महिलालाई कुटपिट गरेर फरार रहेक एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल-भारत सीमा क्षेत्र नजिक सिरहाको ठाडी नजिकबाट पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  राजपा सांसद शाह विमानस्थलबाटै पक्राउ

पक्राउ पर्नेमा २० वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ । भदौँ २७ मा सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर ५ बस्ने मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर ८ जनाको समूहले कुटपिट गरेको थियो ।

पीडित महिलाका श्रीमान रामनारायण यादवले कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादव समेत ८ जनाविरुद्ध जिल्ला प्रहरी सिरहामा किटानी जाहेरी दिएका थिए ।

याे पनि पढ्नुस  सुनको जलप लगाई ठगी, २ पक्राउ

किटानी जाहेरी पछि प्रहरीले बोक्सी कसुर अन्तर्गत मुद्दा दायर गरेको थियो । बोक्सीको आरोपमा कुटपिट गरेको घटनामा फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा सन्तोष यादव पक्राउ गरेको प्रहरी उपरीक्षक तथा प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्