पञ्जाबविरुद्ध ब्याटिङ गर्दै हैदराबाद, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध सनराइजर्स हैदराबादले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

आज हैदराबादले एक खेलाडी परिवर्तन गरेको छ । उसले सिद्धार्थ कौललाई विश्राम दिँदै खलिल अहमदलाई मौका दिएको छ ।

पञ्जाबले आज तीन खेलाडी परिवर्तन गरेको छ । उसले क्रिस जोर्डन, सरफराज खान र हरप्रीत बोरलाई विश्राम दिँदै मुजीबउर रहमान, अर्शदीप सिंह र प्रबीसिमरण सिंहलाई मौका दिएको छ । पञ्जाबले आज पनि क्रिस गेललाई मौका दिएको छैन ।

याे पनि पढ्नुस  आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान

जारी सिजनमा हैदराबादले पाँच म्याच खेल्दा तीनमा हार र दुई खेलमा जित हासिल गरेको छ । पञ्जाबले भने पाँच म्याच खेल्दा एक खेल मात्र जित्न सफल भएको छ ।

हैदराबाद चार अंकका साथ तालिकाको छैठौँ स्थानमा छ । पञ्जाब भने २ अंक जोडेर पुछारमा छ ।

याे पनि पढ्नुस  राजस्थानद्वारा हैदराबादलाई १५५ रनको लक्ष्य, पहिलो खेलमै चम्किए होल्डर

जारी सिजनमा हैदराबादमा डेविड वार्नर र पञ्जाबमा केएल राहुल कप्तान छन् । पछिल्लो पाँच म्याचको आँकडा हेर्ने हो भने पञ्जाबविरुद्ध हैदराबाद तीन खेलमा जित हासिल गरेको छ ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), जोनी बेयरिस्टो, केन विलियम्सन, मनिष पाण्डे, प्रियाम गर्ग, अभिषेक शर्मा, अब्दुल समद, राशिद खान, सन्दीप शर्मा, खलिल अहमद र टी नटराजन ।

याे पनि पढ्नुस  आईपीएल : राजस्थानले दियो आरसीबीलाई १५५ रनको लक्ष्य

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान), मयंक अग्रवाल, मनदीप सिंह, निकोलस पूरन, ग्लेन म्याक्सवेल, मुजीबउर रहमान, अर्शदीप सिंह, प्रबीसिमरण सिंह, शेल्डन कोट्रेल, मोहम्मद शामी र रवि बिश्नोई ।

कमेन्ट गर्नुहोस्