महाधिवेशनमै समाजवादी क्रान्तिको मोडेल ल्याउने तयारीमा छौंः प्रचण्ड (भिडियो अन्तर्वार्ता)

काठमाडौंः नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अबको दशक विकास र समाजवाद निर्माणमा केन्द्रित हुने बताएका छन् । प्रत्येक दशकमा फरक गर्दै आएको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेको प्रचण्डले अबको दशक विकास र समाजवाद निर्माणमा केन्द्रित हुने बताएका हुन् ।

एभरेष्ट दैनिकसँगको भिडियो अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, ‘म पहिलो एक दशकमा विचार बुझ्ने, दोस्रो दशकमा विचार निर्माण, तेस्रो दशकमा क्रान्ति, चौंथो दशकमा शान्ति र संविधान निर्माणमा केन्द्रित भएँ, अबको दशक विकास र समाजवाद निर्माणमा केन्द्रित हुन्छु ।’

उनले विगतदेखि अहिलेसम्म हेर्दा आफू सन्तुष्ट चाँहि नरहेको स्पष्ट पारे । त्यसबारे स्पष्ट पार्दै प्रचण्डले अगाडि थपे, ‘जसरी जानुपर्ने हो, त्यसरी म जान सकेको छैन । त्यसकारण विगतदेखि जे गर्दै आएको छु, त्यसमा पूर्ण सन्तुष्ट छैन । सन्तुष्ट छैन भन्नुको अर्थ अर्को केही गर्न खोजेको हैन ।’

उनले अबको दशकमा पार्टीले नयाँ मोडलको समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘हामीले नै हरेक क्षेत्रमा समाजवादको नमुना सुधारको संकेत देखाउन सक्छौं । त्यसका लागि नीति, कार्यक्रम तथा योजना बनाउनेमा केन्द्रित छौं ।’

‘एकता असाधरण पहलकदमी’

प्रचण्डले नेकपाको एकतालाई कम्युनिष्ट आन्दोलनका लागि निकै ठूलो परिघटना, दुरगारी र असाधरण पहलकदमीको रुपमा अथ्र्याए । पार्टी एकिकरणबारे प्रस्ट्याउँदै प्रचण्डले भने, ‘एकता कम्युनिष्ट आन्दोलनका लागि निकै ठूलो परिघटना, दुरगारी र असाधरण पहलकदमी हो । विश्वभरी कम्युनिष्ट रक्षात्मक छन् । नेपालमा निकै लोकप्रिय छ । यो कुरा देशभित्र र बाहिर एक वर्ग र अर्को तप्कालाई मन परेको छैन । पुँजीपति वर्ग नेकपाफुटिरहोस्, विवाद भइरहोस् भनेर लागिरहेका छन् । हामी बचाउन लागिरहेका छौं ।’

याे पनि पढ्नुस  खोटाङको साकेला–३ मा नेकपाकी राई विजयी

‘यात्रा समाजवादको’

उनले आफू समाजवादको यात्रामा रहेको बताए । ‘सामाजिक न्याय र सम्बृद्धिको तयारीमा छौं । त्यसका लागि राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्र अघि बढाउनका लागि दलाल र पुँजीपति वर्गविरुद्ध संघर्ष गरेर जानुपर्छ । त्यो वैचारिक, राजनीतिक संघर्ष, व्यवहारिक हुन्छ । योजना, कार्यक्रम बनाउने बेलामा पनि राष्ट्रिय पुँजीको विकास हुने बनाउनुपर्यो, पुँजीपति वर्गको हैन । त्यसका लागि ठोस कदम चाल्चेर प्रभावकारी योजन र कार्यक्रम बनाउनुपर्छ’, उनले भने ।

महाधिवेशनमै समाजवादी क्रान्तिको मोडेल ल्याउने तयारीमा रहेको जानकारी दिए ।

‘सरकार र पार्टीले अब गति लिन्छ’

उनले सरकार र पार्टीले गरेको काम निरपेक्ष रुपले सबै राम्रो र सबै गलत भन्ने अवस्था नरहेको बताए ।‘ सरकार र पार्टीका अगाडि धेरै जिम्मेवारी र चुनौती थिए । संविधान कार्यान्वयन, ऐन कानुन बनाउनुथियो । समयमै नबनाएको भए ठूलो राजनीतिक र संवैधानिक प्रश्न उठ्ने थियो । विवाद हुने थियो । त्यो अहिले छैन । त्यो राम्रो भयो । शुरूमा छिमेकीसँगको सम्बन्ध पनि राम्रो भयो । पूर्वाधार विकासमा पनि सरकारको ध्यान गएकै छ । सामाजिक न्याय र सुधारका काम नभएका हैनन । यसरी हेर्दा सरकारले केही गरेन भन्दा पनि त्यो सत्य हुँदैन । फेरि अपेक्षाअनुसार सबै ठिक भयो भन्दा पनि त्यो मनोगत हुन्छ । अपेक्षा बढी थियो । हाम्रो गति नपुगेको महसुस हुन्छ । गुनासा छन्, सुशासन, भ्रष्टाचार जसरी नियन्त्रण होला भन्ने जनताले ठानेका थिए त्यो भएन भन्ने गुनासो सुनेको छु । जनताको ती गुनासोको सम्बोधन गर्ने प्रयास भइरहेको छ ।’

याे पनि पढ्नुस  सहिद रामवृक्ष यादवको तस्बिरमा प्रचण्डद्वारा माल्यार्पण

महिला तथा दलितमाथि हुने हिंसा, विभेदका घटना कम हुनुपर्नेमा बढेको भन्दै प्रचण्डले यस्ता कुरामा अझ गम्भीर भएर ठोस योजना र कार्यक्रम लिएर जानुपर्ने आवश्यकता रहेको औंल्याए । साथै छ । धेरै नकरात्मको प्रचार गर्नु आवश्यक छैन ।

उनले कोरोना, पार्टीको आन्तरिक विवादका कारण सरकार र पार्टीले पछिल्लो समय गति लिन नसकेको भन्दै अब गति लिने विश्वस व्यक्त गरे । उनले पार्टीमा निश्चित विचार, आचरण, राजनीतिक कार्यदिशा, विधि प्रक्रिया र लक्ष्य हुनुपर्ने र सबै नेता तथा कार्यकर्ता विधि, पद्धतिमा चल्नुपर्नेमा जोड दिए । उनले सरकार र पार्टीलाई प्रभावकारी बनाउन छलफल भइरहेको बताए ।

उनले स्थायी कमिटीको मर्म सहमति र समझदारीबाटै एकता महाधिवेशनमा जाने र सम्पन्न गर्ने तथा स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि छलफलमा रहेको बताए ।

याे पनि पढ्नुस  विप्लव समूहले भन्यो, ‘सरकारले वार्ता चाहेन’

पार्टी विवादबारे प्रचण्डले अगाडि थपे, ‘पार्टीभित्र विवाद, अन्तरविरोध आइरहन्छन् । एकताले मात्रै अहिले विवाद भएको हैन, पूर्व एमाले र माओवादीभित्र पनि विवाद थिए । अन्य दलहरूमा पनि विवाद छन् । पार्टी रहँदासम्म विवाद रहन्छ । विवाद, बहस, संघर्ष, रुपान्तरण भइरहन्छन् । कहिले यता ठोकिन्छ, कहिले उता ठोकिन्छ, अन्त्यमा गड्गडाउँदै महासागरमा जान्छ । गति पैदा गर्छ ।’

‘बाबुराम, विप्लव र वैद्यलाई बढी सम्झिन थालेको छु’

प्रचण्डले पूर्व माओवादी नेताहरू बाबुराम भट्टराई, विप्लव र मोहन वैद्यलाई पछिल्लो समय बढी सम्झिन थालेको सुनाए ।

उनले सबै एकै ठाँउमा हुन जरुरी रहेको भन्दै थपे, ‘देश र जनताको आवश्यकता पनि हामी सबै एक ठाउँमा हुनुपर्छ भन्ने छ । सबैलाई एक ठाउँमा हुन कसले रोक्यो ? परिवर्तन संस्थागत हुनलाई सबै एकै ठाँउमा हुन आवश्यक छ । समाजवादबारे अझै छलफल गरे अगाडि जान सकिन्थ्यो ।’

मलाई कसैले छोडेको छैन

उनले आफूलाई पूर्व माओवादी नेता कसैले पनि नछोडेको दाबी गरे । साथै, सबै पूर्व माओवादी नेता मुद्दामा एकै ठाउँमा रहेको पनि प्रचण्डले स्पष्ट पारे । ‘जनयुद्धको बेला पनि साथ छोडेजस्तो देखिन्थ्यो, कसैले छोडेको छैन । मुद्दामा हामी सबै एकै ठाउँमा छौं ।’

कमेन्ट गर्नुहोस्