नेपालका साढे ७ हजार सार्वजनिक स्थानमा फ्री-वाइफाइ सेवा

काठमाडौं : फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५ सय स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ सुरु गरेको घोषणा गरेको हो ।

बिहीबार भएको पत्रकार सम्मेलनमा वर्ल्डलिंकले नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा उपलब्ध हुने बताएको छ ।

याे पनि पढ्नुस  फेसबुकले सार्वजनिक गऱ्यो टिकटकको प्रतिस्पर्धी एप

फेसबुकले यस्तो वाइफाइ सेवाका लागि अन्य देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्छ । एसियामा छनोट भएका भारत र नेपालमा फेसबुकले यसप्रकारको सेवा थालेको छ । सस्तो, भरपर्दो र उच्च गतिको सार्वजनिक वाइफाइ प्रदान गर्न दुई कम्पनीबीचको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको छ ।

याे पनि पढ्नुस  फेसबुकमा जानकारी चोरी गर्ने संस्थामाथि अनुसन्धान हुँदै

यो सेवाका लागि वर्ल्डलिंकलाई फेसबुकले पूर्वाधासहित आवश्यक उपकरण उपलब्ध गराउनेछ । अब निःशुल्क वाईफाईका लागि एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ कम्पनीको भएपनि फेसबुकले सफ्टवेयर प्लेटर्फम उपलब्ध गराउनेछ ।

अब पहिलेजस्तो एकपटक नेटवर्कमा कनेक्ट भएपनि पटक(पटक कोड राखेर कनेक्ट हुनपर्ने छैन । यसरी कम्पनीले १५ मिनेटदेखि दुई घण्टाको सीमा तोकेर निःशुल्क वाइफाइ सुविधा दिनेछ । तोकिएको अवधि सकिएपछि फेरि कनेक्ट गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्