आईपीएल : हैदराबादले दियो पञ्जाबलाई २०२ रनको लक्ष्य

काठमाडौं : यूएईमा जारी आईपीएलको २२ औँ म्याचमा सनराइजर्स हैदराबादले किंग्स इलावेन पञ्जाबलाई २ सय २ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनायो ।

उसका लागि जोनि बयरिस्टोले शानदार ब्याटिङ गरे । उनले ५५ बलमा ६ छक्का र ७ छक्का प्रहार गर्दै ९७ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएलमा केएल राहुलले बनाए नयाँ कीर्तिमान

जारी सिजनमा बेयरिस्टोको यो तेस्रो अर्धशतक हो । त्यस्तै, कप्तान डेविड वार्नरले ५२, अभिषेक शर्माले १२ र केन विलियम्सनले नटआउट २० रनको योगदान दिए ।

बलिङमा पञ्जाब टिमका रवि विश्नोईले ३, अर्शदीप सिंहले २ र मोहम्मद शामीले विकेट लिए ।

कमेन्ट गर्नुहोस्