भारतका केन्द्रीय मन्त्री पासवानको निधन

नयाँदिल्ली : भारतको केन्द्र सरकारका मन्त्री रामविलास पासवानको निधन भएको छ ।

७४ वर्षीय पासवानको अस्पतालमा उपचारका क्रममा दिल्लीमा निधन भएको हो ।

उनका छोरा चिराग पासवानका अनुसार केही दिनअघि रामविलासको अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

नरेन्द्र मोदीको सरकारमा पासवान खाद्य तथा सार्वजनिक वितरण मामिला मन्त्रालय सम्हालिरहेका थिए । बिहारका पासवान ५ दशकभन्दा बढी समयदेखि क्षेत्रिय र राष्ट्रिय राजनीतिमा संलग्न थिए ।

याे पनि पढ्नुस  भारतमा कोरोनाको नयाँ रेकर्ड

लोकजनशक्ति पार्टीका पूर्वअध्यक्ष पासवान चर्चित दलित नेताका रूपमा स्थापति भएका थिए ।

कमेन्ट गर्नुहोस्