विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौंः सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ।

भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ। उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ।

याे पनि पढ्नुस  यो वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्रीलाई

नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले “भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग” गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो। विश्व खाद्य कार्यक्रमका अनुसार उसले प्रत्येक वर्ष विश्भरि ९.७ करोड मानिसलाई सघाउने गरेको छ ।

ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो। यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ।

याे पनि पढ्नुस  इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न अमेरिका तयार

गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए।

कमेन्ट गर्नुहोस्