नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।

शुक्रबार देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

नेपालमा गत माघ ९ गते पहिलो पटक चीन फर्किएका एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको हो ।

याे पनि पढ्नुस  विश्वप्रकाशको प्रधानमन्त्रीलाई आग्रह, ‘स्वास्थ्यकर्मीलाई स्पष्टिकरण सोध्नेलाई नियन्त्रणमा लिनोस्’

शुक्रबार काठमाडौं उपत्यकामा १४०९ जना संक्रमित थपिएका छन् । हाल काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । एक हप्तामै काठमाडौं उपत्यकामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा आज १,६८० निको भए । हालसम्म निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ छ ।

याे पनि पढ्नुस  स्पेन र इटलीमा भयावह बन्दै कोरोनाः दैनिक १५ सय बढीले ज्यान गुमाउँदै

आज १० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

असोज २२ गते बिहीबार देशभर हालसम्मकै बढी ४३६४ र उपत्यकामा २५४० जना संक्रमित थपिएका थिए ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् ।

कमेन्ट गर्नुहोस्