सप्तरीमा थप १ कोरोना संक्रमितको मृत्यु

सप्तरीः कोरोना संक्रमणबाट सप्तरीमा थप १ जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ मा व्यवसायी ६७ वर्षीय एक पुरुषको मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारपछि डिस्चार्ज भई घर गएका उनको परीक्षणमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  बिहान कोरोना रिपोर्ट पोजिटिभ, बेलुका मृत्यु

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.रञ्जितकुमार झाले अस्पतालको प्रि-आइसोलेशन वार्डबाट परिवारका सदस्यहरुले घरमै आइसोलेसन गरी राख्ने भनी लगेकोमा अचानक मृत्यु भएको खबर आएको जानकारी दिए । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई पुनः अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारजनले बताएका छन् ।

याे पनि पढ्नुस  जात नमिलेको भन्दै प्रेममा गाउँले बाधक, कुटाइबाट प्रेमीको मृत्यु, ६ बेपत्ता

राजगढ गाउँपालिका स्थित मुतनी नदीको किनारमा नेपाली सेना, प्रहरीको उपस्थितिमा मृतकका छोराले शवमा दागबत्ती दिएको राजगढ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेमनारायण साहले जानकारी दिए । योसँगै सप्तरीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने संक्रमितको संख्या १ हजार ३ सय ५७ पुगेको छ । जसमध्ये १ हजार ९५ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

याे पनि पढ्नुस  उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

 

कमेन्ट गर्नुहोस्