कोरोनाबाट कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईँको निधन

काठमाडाैं : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड–१९ को सङ्क्रमणबाट आज निधन भएको छ ।

काठमाडौंको ओम अस्पतालमा आज अपराह्न १ः३० बजेतिर ९९ वर्षका उमेरमा उनको निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

विसं २०४८ को आठौँ महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका उनी विसं २०४४ मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए । विसं १९७८ माघ १५ गते जन्मिएका उनी पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनु परेको थियो ।

विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसाई निर्वासनबाट स्वदेश फर्किएका थिए ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा स्वतन्त्र उम्मेद्वार बने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनी पराजित भएका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उनले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गरे ।

कमेन्ट गर्नुहोस्