घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

बाँके : प्रहरी कार्यालय खजुराखुर्दमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर द्वाल घुस रकमसहित पक्राउ परेका छन् ।

काठ स्थानान्तरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिने क्रममा उनी पक्राउ परेका हुन् ।

द्वाललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्जले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  श्रीलंकाका लोकप्रिय क्रिकेटर मेन्डिस पक्राउ

उनलाई मानपुरस्थित कोल्ड स्टोरबाट घुस रकमसहित नियन्त्रणमा लिएको नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्