एप्रोन र स्टेथेस्कोप भिरेर “नक्कली डाक्टर” बनेकी युवती प्रसुती गृहबाट पक्राउ

काठमाडौं, ठगी पनि कस्ता कस्ता हुन्छन् । यस्तै अचम्मको घटना भएको छ राजधानीको एक अस्पतालमा ।

थापाथलीस्थति परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नक्कली डाक्टर बनेर ठग्न खोज्ने एक युवती पक्राउ परेपछि प्रहरी पनि चकित परेका छन् ।

अस्पताल परिसरमा डाक्टरले लगाउने एप्रोन र स्टेथेस्कोप भिरेर बिरामीसँग रकम ठग्न खोजेको सूचना पाएपछि प्रहरीले नुवाकोटकी एक युवतीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको डिएसपी हरि बस्नेतका अनुसार आफूलाई ुडाक्टरु बताउँदै बिरामीसँग रकमको बार्गेनिङ गरेकी शनिसा भन्ने २२ वर्षकी ज्ञानी तामाङलाई पक्राउ गरेर अनुसन्धान
अगाडि बढाइएको हो।

उनका अनुसार पक्राउ परेकी ती युवतीले आफूले विगतमा नर्सिङ पढ्न खोजेको बताएकी छिन्। नुवाकोटको बेलकोटगढी घर भएकी ती युवती हाल असनमा बस्दै आएकी छिन्।

याे पनि पढ्नुस  राजधानीमै नक्कली डाक्टर, बालिकाको मृत्यु भएपछि फरार

कसरी थाहा पायो त प्रहरीले ?

स्वास्थ्यखबरमा प्रकाशित समाचार अनुसार, यही २० गते उदयपुरकी सोनिया तामाङ श्रीमानसहित प्रसूति गृहमा जाँच गराउन आएकी थिइन्। अस्पताल भित्र डाक्टरसँग आवश्यक जाँच गरेर फर्कने क्रममा
उनीहरुले अस्पतालको प्राङगणमा एप्रोन र स्टेथेस्कोप लगाएर बसेकी नुवाकोटकी ती युवतीले उनीहरुसँग कुराकानी गरेकी थिइन । ती युवतीले माथिबाट जाँच गरेर आएको कागजपत्र मागेपछि सोनिया र उनका श्रीमानले अस्पताल परिसरमै एप्रोन र स्टेथेस्कोप भिरेको देखेपछि अस्पतालमै कार्यतर डाक्टर हो भन्ने साेचेर उनीहरुले जाँच गरेको सबै कागजपत्र ती युवतीलाई दिएकी थिइन ।

याे पनि पढ्नुस  लाइसेन्समा फेल भएका ‘डाक्टर’हरु बिरामी जाँच्दै, कसैले गर्दैन अनुगमन

ती युवतीले सबै कागजपत्र हेरेपछि “ल्याब परीक्षणहरु गर्नुपर्ने रहेछ। यी सबै गर्न १५ हजार जति लाग्छ। तपाईंहरु गाँउबाट आउनुभएको जस्तो छ। धेरै पैसा छैन होला। म एक ठाउँमा भन्दिन्छु। मैले चिनेको छ। तपाईंहरुलाई आधा सस्तोमा नै परीक्षण गराउँछन्। त्यहाँ पुगेपछि मेरो नाम लिनुहोला।” भनेर भनेकी थिइन ।

सबै परीक्षणका लागि लाग्ने पैसाको आधा सस्तो हुने कुरा सुनेपछि उनीहरुले पनि सहजै विश्वास गरेकाे बताए ।

आफूहरुसँग साथमा पैसा नभएको भन्दै सोनियाका श्रीमानले किर्तीपुरमा पुगेर पैसा ल्याउने बताएर निस्केका थिए ।

श्रीमान निस्केको केही समयपछि सोनियाले अस्पतालभित्रबाट जाँच गराएर फर्किएका अरुसँग उक्त जाँचकाे मूल्यबारे कुरा गरेकी थिइन । तर उनको जस्तै परीक्षणका लागि बढीमा १५ सय देखि २००० भन्दा बढी नलाग्ने कुरा उनले थाहा पाएपछि ती डाक्टर बनेकी युवतीले ठग्न खाेजेकाे चाल पाएपछि प्रहरीमा सूचना पुगेकाे थियाे ।

याे पनि पढ्नुस  राजधानीमै नक्कली डाक्टर, बालिकाको मृत्यु भएपछि फरार

प्रहरीले अस्पताल पुगेर बुझ्ने क्रममा नुवाकोटकी ती युवती डाक्टर नभएको र ठग्नैका लागि असपतालमा एप्रोन र स्टेथेस्कोप लगाएर बसेको पत्ता लाग्छ। त्यसपछि प्रहीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनले यसअघि पनि अरुलाई यसैगरी ठगी गरेरनगरेको विषयमा अनुसन्धान अगाडि बढाएको छ। अदालतबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान अगाडि बढाइएको डिएसपी हरि बस्नेतले जानकारी दिए।

कमेन्ट गर्नुहोस्