बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख १७ हजार भन्दा बढी

एजेन्सीः बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड-१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १ हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।

बङ्गलादेशमा अहिलेसम्म कूल ३ लाख ७७ हजार ७३ जना सङ्क्रमित भएका छन् भने मृत्यु सङ्ख्या ५ हजार ५०० पुगेको छ ।

याे पनि पढ्नुस  स्वास्थ्य मन्त्री भन्छन्, ‘अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पताल भर्ना’

तथ्याङक अनुसार विगत २४ घण्टामा बङ्गलादेशमा १० हजार ८५९ व्यक्तिको कोभिड-१९ परीक्षण भएकोमा १ हजार २०३ जना सङ्क्रमित भेटिएका हुन् ।

इस्लाम बहुल यो मुलुकमा शनिबार कोभिड-१९ सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या १ हजार ४५३ रहेको बताइएको छ । अहिलेसम्म कूल २ लाख ९१ हजार ३६५ व्यक्ति निको भई घर फर्किएका छन् ।

याे पनि पढ्नुस  वाग्मती प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८४ पुग्यो

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको मृत्यु दर १.४६ प्रतिशत रहेको छ भने सङ्क्रमणमुक्त भएको सङ्ख्या ७७.२७ प्रतिशत रहेको छ ।

बङ्गलादेशमा सबैभन्दा बढी जुलाई २ मा ४ हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी ६४ जनाको मृत्यु जुन ३० मा भएको थियो ।

याे पनि पढ्नुस  बङ्गलादेशबाट मल आउन ढिलाइ

कमेन्ट गर्नुहोस्