घुस लिएको अभियोगमा मुद्दा

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई रु २ लाख घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  झन्डै २०० सय कर्मचारी अख्तियारको फन्दामा, दुई अर्ब अनियमितता

आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्