अध्ययनको खुलासाः फोनस्क्रिन र नोटमा २८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस

काठमाडौं । एउटा नयाँ अनुसन्धानले कोरोना भाइरस फोनको स्क्रिन र बैंक नोटमा २८ दिनसम्म जीवित रहनसक्ने बताएको छ ।

अष्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले केही सतहरुमा यो भाइरस २८ दिन र त्यो भन्दा बढी समयसम्म समेत रहिरहने बताएको हो ।

यसअघि प्रयोगशालामा भएको जाँचमा बैंक नोट या काँचमा कोरोना भाइरस दुई या तीन दिनसम्म मात्रै जीवित रहनसक्ने पत्ता लागेको थियो । तर अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले भने यो भाइरस निकै बलियो भएको र २० डिग्री सेल्सियसको तापमान, अँध्यारोमा, मोबाइल फोनको कभर र स्क्रिन जस्ता सतहमा २८ दिनसम्म बाँच्न सक्ने दावी गरेका हुन ।

भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानमा तातो तापमानको तुलनामा चिसो तापमानमा भाइरस बढी समय बाँच्ने उल्लेख छ । चिल्लो र कम खस्रो सतहमा यो भाइरस बढी बाँच्न सक्छ । जबकि कपडा जस्ता सतहमा १४ दिनपछि जीवित रहन सक्दैन ।

तर यो अनुसन्धानको आलोचना समेत भएको छ । कार्डिफ विश्वविद्यालयमा कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्रोफेसर रोन एक्सेलले यो अनुसन्धानले मानिसहरुमा अनावश्यक डर पैदा गर्ने बताएका छन् ।

“यो भाइरस खोकी, हाच्छ्यूँ या थुकबाट खस्ने अत्यन्तै साना कढा र फोहोर हातबाट फैलिन्छ ।” उनले भनेका छन्, “तर यो अनुसन्धान गर्दा भाइरस फैलिने कारणका रुपमा मानिसले खोक्दा निस्किने बलगम (बाक्लो सिँगान जस्तो थुक)को नमूनाको प्रयोग गरिएको छैन ।” उनले सतहमा खस्ने साना कणमा केही समयमात्रै जीवित रहनसक्ने समेत दावी गरे ।
यसै वर्षै जुलाईमा रटगर्स विश्वविद्यालयमा माइक्रोबायोलजीका प्रोफेसर इमानुएल गोल्डम्यानको शोत्रपत्र एउटा प्रसिद्ध पत्रिका ल्यान्सेटमा प्रकाशित भएको थियो यसमा भने “सतहमा परेको थुकका कणहरुबाट” संक्रमणको खतरा कम हुने बताइएको थियो ।

कोरोना संक्रमण मुख्यरुपमा हावाको माध्यमबाट फैलिन्छ । अहिलेसम्म भएका अध्ययनमा हावामा रहने कणहरुमा यो तीन घण्टासम्म जीवित रहनसक्ने देखाएको छ । तर अहिलेसम्म नोट र टचस्क्रिन जस्ता सतहबाट कति छिटो फैलिन्छ भन्ने ठोस जानकारी भने छैन ।

नयाँ अनुसन्धानले भने यसप्रकारका सतहमा २० डिग्री सेल्सियस तापक्रममा यो भाइरस २८ दिनसम्म पत्ता लाग्न सक्ने दावी गरेको हो ।
एजेन्सीका मुख्य कार्यकारी अधिकृत डा. ल्यारी मार्शलका अनुसार, कुनै पनि सतहमा भाइरस कति समय टिक्न सक्छ भन्ने जानकारीले हामीलाई भाइरससँग जुध्न, सक्रमण कमगर्न र मानिसलाई बचाउन मद्दत गर्दछ ।

अध्ययनका सदस्यहरुका अनुसार, चिसो परिस्थितिमा स्टिनलेस स्टीलमा भाइरस बढी समय बाँच्ने कुराले कोरोनाको गम्भीर असर मासु प्रशोधन केन्द्र र कोल्ड स्टोरेज सुविधा वरिपरि किन भएको होला भन्ने कुराको उत्तर दिन्छ ।

शोधले सतहबाट फैलिने सम्भावनाबारे बताएपनि अहिलेसम्मका सबै अनुसन्धान र यो सोधले पनि जुनसुकै माध्यममा भाइरस जीवित रहेपनि यसबाट जोखिन हात सफा राख्ने र नाक तथा मुख छोप्नुपर्ने कुरामा भने जोड दिएको छ । कुनै पनि सतहसँग सम्पर्क आएको खण्डमा हामीले आफ्नो नाक मुख छुन नहुने बरु हात सफा गर्नुपर्ने जरुरी हुन्छ ।

बीबीसीका विज्ञान सम्वाददाता पल्लव घोष भन्छन् कोभिड १९ मुख्यतया हावाबाटै सर्ने हो। अध्ययनहरूले हावामा तैरने कणमा यो भाइरस ३ घण्टासम्म सङ्क्रामक रहन सक्ने देखाएका छन्।

तर यो ब्याङ्क नोट वा फोनका टचस्क्रीनबाट कति सर्छ भन्ने कुरा चाहिँ पूर्ण निश्चित् छैन। कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व प्रमुख प्राध्यापक रन एकल्सले उक्त अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ‘आम मानिसमाझ अनावश्यक त्रास’ फैलने बताए।

“सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औँलाबाट सर्ने हो। यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन,” प्राध्यापक एकल्ले भने।

“ताजा म्युकस भनेको भाइरसको निम्ति जोखिमपूर्ण वातावरण नै हो। त्यसमा हुने श्वेत कोषले उत्पादन गर्ने इन्जाइमले भाइरसलाई मार्छ। साथै त्यसमा भएका एन्टीबडी तथा अन्य रसायनले पनि भाइरसलाई निस्क्रिय पारिदिन्छ।”

“मेरो विचारमा सङ्क्रामक भाइरस सतहमा टाँसिएका म्युकसमा केवल केही घण्टा नकि दिन बाँच्न सक्छ।”

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन्।

“महामारीको सुरुमा सतह वा निर्जीव वस्तुमार्फत् सङ्क्रमण सर्ने निकै त्रास थियो। तर अहिले हामीले यसको मुख्य कारण कुनै सतह छोएर अनि त्यसपछि आँखा छोएर सर्ने होइन रहेछ भन्ने थाहा पाएका छौँ। मुख्य कारण त थाहा नपाइकनै कसैले आफ्नो नाक वा मुखबाट निकालिरहेको भाइरसको नजिक पर्नु नै हो।”

उनी भन्छन् पछिल्ला अनुसन्धानबाट भाइरस कुनै कुनै सतहमा सोचिएभन्दा लामो समय बाँच्न सक्ने देखिएको छ तर ती अनुसन्धान भाइरसलाई अनुकूल हुने अवस्थामा गरिएका हुन् – जस्तो कि तापक्रम अनि आर्द्रता घटबढ नहुने र अँध्यारो कोठामा।

तर वास्तविक संसारमा भाइरस त्यति बलियो नहुन सक्छ।

तर पनि घोष भन्छन् यी अनुसन्धानका नतीजाले मानिसहरूलाई सङ्क्रमणको सम्भावना घटाउनका लागि बारम्बार हात धुन तथा फोनका टचस्क्रीन नियमित सफा राख्न आवश्यक छ भन्ने देखाउँछ।

कमेन्ट गर्नुहोस्