आरसीबीले दियो केकेआरलाई १९५ रनको लक्ष्य, डिभिलियर्सको उत्कृष्ट ब्याटिङ

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको आरसीबीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीद्वारा चेन्नईलाई १७० रनको लक्ष्य

उसका लागि एबी डिभिलियर्सले शानदार ब्याटिङ गरे । उनले ३३ बलमा ५ चौका र ६ छक्कासहित नटआउट ७३ रन बनाए । जारी सिजनमा डिभिलियर्सको यो तेस्रो अर्धशतक हो ।

त्यस्तै, आरोन फिन्चले ४७, देवदत्त पाडिक्कले ३२, कप्तान विराट कोहलीले अविजित ३३ रन बनाए । बलिङमा केकेआरका प्रसिद्ध कृष्णा र आन्द्रे रसेलले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  आईपीएलमा आरसीबीविरुद्ध पञ्जाब ८ विकेटले विजयी

कमेन्ट गर्नुहोस्