अब एन्टिजेन किटमार्फत १ हजारमै कोरोना परीक्षण गर्न सकिने

काठमाण्डौंः सरकारले कोरोना भाइरस पहिचान गर्नको लागि एन्टिजेन किटमार्फत परीक्षण गर्न अनुमति दिएको छ । यस विधिबाट गरिने परीक्षण शुल्क १ हजार रुपैयाँ तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम १ हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए । उनले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताए ।

यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताए।

यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नरगराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्