इजरायलमा कोरोनाका कारण १ नेपाली महिलाको मृत्यु

काठमाण्डौंः इजरायलमा कार्यरत सिन्धुपाल्चोककी १ महिलाको कोरोनाको कारण ज्यान गएको छ ।

अक्टोबर ४ मा १ महिलाको कोरोनाको कारण ज्यान गएको र उनको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा. अन्जना शाक्यले अनुरोध गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्