आईपीएल : हैदराबादविरुद्ध चेन्नई २० रनले विजयी

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) २० रनले विजयी भएको छ ।

सीएसकेले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

उसका लागि केन विलियम्सनले ५७, जोनि बेयरिस्टोले २३, प्रियाम गर्गले १६, विजय शंकरले १२, राशिद खानले १४ रन बनाए ।

बलिङमा सीएसकेका कर्ण शर्मा, डिजे ब्रावोले २/२, साम कुरान र रवीन्द्र जडेजाले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सीएसकेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि शेन वाट्सनले ४२, अम्बाती रायडूले ४१, साम कुरानले ३१, महेन्द्रसिंह धोनीले २१ र रवीन्द्र जडेजाले नटआउट २५ रनको योगदान दिए ।

बलिङमा हैदराबादका सन्दीप शर्मा, थांगारासु नटराजन र खलिल अहमदले २/२ विकेट लिए ।

कमेन्ट गर्नुहोस्