५ जीसहित आईफोन १२ सिरिजका ४ मोडल बजारमा, फ्ल्यासबिना राती फोटो लिन सकिने (फिचरसहित)

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ ।
पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको घोषणा कम्पनीले गरेको छ ।
यी सबै सेटहरु ५ जी मा आधारित हुनेछन् । आइफोनले यसलाई नयाँ युगको शुरुआत भनेको छ ।

के के लन्च भए त?

आईफ़ोन12 (64, 128, 256 जीबी स्टोरेज),
आईफ़ोन12 Mini (64, 128 और 256 जीबी स्टोरेज)
आईफ़ोन12 Pro (128, 256 और 512 जीबी स्टोरेज),
आईफ़ोन12 Pro Max (128, 256 और 512 जीबी स्टोरेज)

के होला मूल्य

आइफोनका यी मोडेलहरुको मूल्य १ लाख १० हजारदेखि २ लाख २० हजारसम्म रहेको छ ।
आइफोन १२ मिनिको मूल्य १ लाख १० हजार, आइफोन १२ को मूल्य १ लाख २० हजार, १२ प्रोको मूल्य १ लाख ९० हजार र १२ प्रो म्याक्सको मूल्य २ लाखको हाराहारिमा रहेको छ ।

बजारमा भने आगामी ६ नोभेम्बरकाट प्रि अर्डर सुरु हुने छ । यसमा १२ प्रो म्याक्सको प्री अर्डर भने १३ नोभेम्बरबाट शुरु हुने र २० नोभेम्बरदेखि बिक्री शुरु बताइएको छ ।

यो सिरिजको फोनहरु आकारमा यसअघिको आइफोन भन्दा ठूलो रहेका छन् । तर पहिलोपटक आइफोनमा हेडफोन या चार्जर हुनेछैन । एप्पले वातावरणमा यसको प्रभाव क मगर्न यस्तो गरेको बताएको छ ।

आइफोनको स्क्रिन ६.१ इन्च हुने भएपनि पहिलाको तुलनामा नयाँ आइफोन ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने छ । नयाँ फोनको रेजुलेसन बढी छ । यसमा सिरमिक शिल्डको प्रयोग गरिएको छ ।

यी नयाँ फोनमा फ्लायसको प्रयोग नगरी नाइटमोडमा सेल्फी लिन सकिने छ । यसका साथै कलर कन्ट्रास्ट र आवाजमा पनि यी अघिल्ला सेट भन्दा उत्कृष्ट छन् ।

नयाँ सिरिजनमा १२ मेगापिक्सलका दुई वाइड एंगल क्यामरा रहेका छन् । यसबाट कम उज्यालोमा पनि निकै राम्रो तस्वीर लिन सकिने आइफोनको दावी छ । यही कुरा भिडियो रेकर्डमा पनि लागु हुने छ ।

यो फोनलाई ५ जी र ४ जीका बीचमा रुचि अनुसार परिवर्तन गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्