आईपीएल : आरसीबीद्वारा पञ्जाबलाई १७२ रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा किंग्स इलावेन पञ्जाबलाई रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले १ सय ७२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

याे पनि पढ्नुस  आईपीएल : मुम्बईले दियो पञ्जाबलाई १७७ रनको लक्ष्य

उसका लागि कप्तान विराट कोहलीले ४८, शिवम दुबेले २३, आरोज फिन्चले २०, देवदत्त पाडिक्कलले १८, क्रिस मोरिसले अविजित ८ बलमा २५ र इसरु उडानाले नटआउट ५ बलमा १० रन बनाए ।

बलिङमा पञ्जाबका मोहम्मद शामी, मुर्गन आश्विनले २/२, क्रिस जोर्डन र अर्शदीप सिंहले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्