आईपीएलमा आरसीबीविरुद्ध पञ्जाब ८ विकेटले विजयी

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध किंग्स इलावेन पञ्जाब ८ विकेटले विजयी भएको छ ।

शारजाहको मैदानमा आरसीबीले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

उसका लागि कप्तान केएल राहुलले उत्कृष्ट खेले । उनले ४९ बलमा ५ छक्का र १ चौकासहित अविजित ६१ रन बनाए ।

याे पनि पढ्नुस  हैदराबादविरुद्ध ब्याटिङ गर्दै चेन्नई, प्लेइङ-११ मा यी खेलाडीले पाए मौका

त्यस्तै, क्रिस गेलले पनि शानदार ब्याटिङ गरे । उनले ४५ बलमा ५ छक्का र १ चौकासहित ५३ रनको योगदान दिए ।

जारी सिजनमा गेलको यो पहिलो म्याच हो । सुरुवातमा मौका नै नपाएका उनले पछिल्लो खेल अस्वस्थताका कारण गुमाएका थिए ।

त्यस्तै, मयंक अग्रवालले २५ बलमा चार चाैका र तीन छक्कासहित ४५ रनको महत्वपूर्ण पारी खेले । निकोलश पूरनले नटआउट ६ रन बनाए । बलिङमा आरसीबीका युजवेन्द्र चहलले एक विकेट लिए ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीविरुद्ध मुम्बईको शानदार जित

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि कप्तान विराट कोहलीले ४८, शिवम दुबेले २३, आरोज फिन्चले २०, देवदत्त पाडिक्कलले १८, क्रिस मोरिसले अविजित ८ बलमा २५ र इसरु उडानाले नटआउट ५ बलमा १० रन बनाए ।

बलिङमा पञ्जाबका मोहम्मद शामी, मुर्गन आश्विनले २/२, क्रिस जोर्डन र अर्शदीप सिंहले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  आईपीएल : केकेआरद्वारा पञ्जाबलाई १६५ रनको लक्ष्य

जारी सिजनमा पञ्जाबको यो दोस्रो जित हो । उसले आठ म्याच खेल्दा ६ मा हार र दुई खेलमा जित हासिल गरेको छ । र, तालिकामा पञ्जाबले चार अंक जोडेको छ । आरसीबीको यो तेस्रो हार हो । उसले ८ म्याचमा पाँच खेलमा जित हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस्