कोराना निको नहुँदै डिस्चार्ज, बिरामीको बाटोमैं मृत्यु

नर्सिङ होमको लापरवाहीका कारण एकजना कोरोना संक्रमितको ज्यान गएको छ । विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालले रिपोर्ट पोजिटिभ आएपनि डिस्चार्ज गरेका संक्रमित एक पुरुषको घर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

लापरबाहीपूर्ण तरिकाले अस्पतालले डिस्चार्ज दिएका मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषलाई बिहीबार साँझ डिस्चार्ज गरेको थियो । तर साँझा साढे सात बजेतिर बाटामैं उनको निधन भएको अन्नपूर्ण पोष्टले जनाएको छ ।

पोष्टका अनुसार, श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि उनलाई उपचारका लागि गत बुधबार अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएका उनको बिहीबार बिहानै रिपोर्ट पोजिटिभ आएको थियो ।

याे पनि पढ्नुस  चितवनमा थप एक सङ्क्रमितको मृत्यु

रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि हुँदाहुँदै उपचार ठीक नहुने भनेर घर लैजानुभन्दै अस्पतालले डिस्चार्ज दिएर पठाएको पाइयो । मृतकको दुवै मृगौलाले काम गर्न छाडेको र मधुमेह तथा दमको पुरानै समस्या रहेको थियो । सुरुमा उपचारका लागि भनेर गम्भीर अवस्थामा भर्ना गरिएका पुरुषलाई आकस्मिक कक्षबाटै अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

तर अवस्था गम्भीर बनेकाले उपचार सम्भव नहुनेभन्दै रिपोर्ट पोजिटिभ आइसकेपछि अस्पतालले डिस्चार्ज दिएर बिरामीलाई जिम्मा लगाएको परिवारले बताएका छन् ।

घर पठादिएर बाटोमै मृत्यु भएका संक्रमितबाट अरुमा संक्रमण फैलिन सक्ने सम्भावना भएकाले सिंगो बजार र परिवार नै असुरक्षित हुनुमा अस्पताल जिम्मेवार हुने भन्दै बजार नै सिल गर्नुपर्ने अवस्था आएको नगरपालिकाले जनाएको छ । मृतकको शव हेर्न मानिसहरुको भीड लागेको थियो ।

याे पनि पढ्नुस  बिरगञ्ज एक पुरुष र भैरहवामा महिलाको कोरोनाबाट मृत्यु

मृतकका एक आफन्तले उपचार ठीक नहुने भन्दै डिस्चार्ज दिएपछि घर ल्याउनै पर्ने बाध्यतामा परेको बताए । अस्पतालले कोरोनाले केही हुँदैन लैजानुस् भनेर बिरामी साँझ ६ बजेतिर जिम्मा लगाइदिएको र घर ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भएपछि अलमलमा परेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णु खड्काले मृत्यु भएका संक्रमितको घरलाई सिल गर्दै शव सुरक्षित राखेर व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको बताए ।

याे पनि पढ्नुस  कोरोना लागेपछि के हुन्छ शरीरमा, किन मर्छ मान्छे ? (पढ्नैपर्ने आलेख)

अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले भने अस्पतालबाट बिरामी लगिसकेपछि कोरोना रिपोर्ट पोजिटिभ आएको बताए । उपचार सफल नहुने भएपछि परिवारका सदस्यले लैजान्छौं भनेर जिद्धि गरेपछि डिस्चार्ज दिइएको अस्पतालको दावी छ ।

रिपोर्ट नआइकनै उपचार गर्दा पनि नबाँच्ने भए लैजान्छौं भनेका कारण परिवारलाई बिरामी जिम्मा लगाएर पठाएको र पछि रिपोर्ट पोजिटिभ आएपछि जानकारी गराइएको विनाडीको भनाइ छ ।

प्रशासनले घटनाबारे थप बुझेर आवश्यक कार्वाही गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्