जीप दुर्घटना हुँदा ४ जना घाइते

सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि छुटेको से १ ज १११९ नम्बरको जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

जयपृथ्वी नगरपालिका- ११ भोपुर आर्मी ब्यारेकनजिक आज बिहान १०ः४० मा भएकाे दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।

टाउको र शरीरमा चोट लागेर गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका- ११ का २१ वर्षीय अग्निराज जोशीलाई जहाजमार्फत उपचारका लागि धनगढी लगिएको छ भने अरू सामान्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

अन्य घाइते हुनेमा मष्टा गाउँपालिका- ४ का ४२ वर्षीय सवारीधनी शेरबहादुर थापा, सुर्मा घर भएका २३ वर्षीय सवारी चालक सुयोग बोहरा र जयपृथ्वी- ११ का २० वर्षाीय भरत जोशी रहेका छन् ।

कमेन्ट गर्नुहोस्