प्रदेश १ मा काेराेनाबाट नाै जनाको निधन, ६ सय ५४ मा देखियाे संक्रमण

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेर्‍हथुमका दुई/दुई जना छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय २२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  जनतालाई तरकारी बेच्दा पनि कर, मुख्यमन्त्रीका लागि २ करोडको गाडी

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६ सय ४६ जनाको पिसिआर परीक्षणमा दुई सय ४१ महिला र चार सय १३ पुरुष गरी कूल ६ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका दुई सय २५ सहित तीन सय २६, सुनसरीका दुई सय नौ, झापाका ७४, संखुवासभाका नौ, उदयपुरका चार, भोजपुर, तेर्‍हथुम, इलाम र ताप्लेजुङका दुई/दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोना भाइरस: कोरोनाभाइरसकै कारण मर्ने खतरा कति छ र हामी कतिसम्म डराउने?

प्रदेशमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या १२ हजार दुई सय ६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा तीन सय २६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पाँच हजार तीन ३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
रासस

कमेन्ट गर्नुहोस्